NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ? सोमवार असार ३० , २०८२
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

कोरोनालाई जित्दा खुशीको सीमा रहेन…

बिहिबार बैशाख ११ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोरोनालाई जित्दा खुशीको सीमा रहेन…
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ बैशाख, भीमदत्तनगर ।

गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।

सोहीबेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुगे ।

Advertisement

गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पु¥याएको थियो । ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए ।

‘कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन’, १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।’ उनले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताए ।

‘डाक्टर’सापहरु फोन गरेर मेरो अवस्थाबारे जानकारी लिइरहनुहुन्थ्यो’, होम क्वारेन्टाइनमा रहेका विकले भने, ‘स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइन्थ्यो ।’ यसअघि पाँच जना सङ्क्रमित रहेको सुदूरपश्चिममा विकसहित तीन पुरुष फर्किसकेका छन् । उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए ।

‘अस्पतालमा हुँदा धेरै सोच्दै जाँदा मानसिक तनाव हुन्थ्यो’, उनले भने, ‘हिजो त मज्जाले निदाए ।’ घर फर्किएका विक भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् । ‘भाइबुहारी भारतमै छन्’, उनले भने, ‘घर खाली भएकाले त्यसलाई प्रयोग गरेको हुँ ।’

श्रीमान्लाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि थाहा पाएकी सीता विकले सङ्क्रमणयता घरका सबै तनावमा बसेको बताए । ‘मजदुरी गर्न गएका श्रीमान् बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो ।’ उनले भने, ‘उपचारपछि निको भएर आएका श्रीमान्लाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।’

श्रीमानको स्वास्थ्यलाभका कामना गर्दै आफूले भगवान् पुकार्दै बसेको उनको भनाइ छ । उनले श्रीमान्को स्वास्थ्यलाभका लागि भन्दै भगवानसित भाकलसमेत गरेको बताइन् ।

त्यसैगरी इन्द्रका १२ वर्षीय छोरा विवेक विकले भने बुबा बिरामीपछि थला परेको घरको जिम्मेवारी सम्हालेका छन् । ‘आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सँधै रुनुहुन्थ्यो, खाना पनि नखाने’, बुबा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उनले भने, ‘मैले बुबाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।’

गाउँको रत्न माविमा कक्षा ५ मा अध्ययनरत बालक विवेकले घरमा रहेका आमा र बहिनीलाई ढाडस दिँदै आएको इन्द्रका फुपू नाता पर्ने चम्फा विकले बताइन् । ‘मेरो भदाको उपचारमा खटिने चिकित्सक त हाम्रो परिवारका लागि भगवान् नै हुन्’, उनले भनिन्, ‘मरे पनि छुन नपाइने भन्ने समाचार सुनेर सिङ्गो परिवार दुःखमा थियो ।’

उनले गाउँमा सञ्चो भएर फर्किएपछि निकै सद्भाव मिलेको विकको भनाइ छ । ‘क्वारेन्टाइन बसेर उपचार गरी फर्किएकामा गाउँले दाजुभाइ पनि खुसी छन्’, उनले भनिन्, ‘घर आउन सीमानाका बन्द भएपछि ट्युब तरेर आउनु बाध्यता थियो ।’

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए । ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो’, गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन् ।’ –शेरबहादुर सिंह/रासस 

लोकप्रीय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

विचार

थप समाचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
अन्तर्राष्ट्रिय

ताजा समाचार

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ?

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.