भोजपुरका एक पुरुषमा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या ४८ पुग्यो

१२ बैशाख ७७, शुक्रबार

१२ बैशाख, विराटनगर । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा. अधिकारीले जानकारी दिए ।

यसअघि हिजो नै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो। त्यस्तै हिजै संक्रमितमध्ये ३ जना निको भएर घर फर्किएका छन्। बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १० पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top