×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश एक सरकारलाई ३४ लाख बराबरको पीपीइ र मेडिकल सामग्री सहयोग

१२ बैशाख २०७७

१२ वैशाख, विराटनगर ।
वल्र्ड भिजन इन्टरनेशनले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवस्यक ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई सेट) प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।

३४ लाख रुपैया बराबरको सो सामाग्री शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई प्रदान गरिएको छ । वल्र्ड भिजनका पूर्व क्षेत्रीय ब्यवस्थापक विनय अमात्यका अनुसार भिजनले प्रदेश सरकारलाई २ सय १५ वटा पीपीई सेटसंगै ३२ थान आईआर थर्मोमिटर समेत उपलब्ध गराएको छ ।

अमात्यले पीपीई सेट प्रदान गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको बताए । वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्मोमिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको अमात्यले जानकारी दिए ।

सो क्रममा प्रदेश एकका मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु वितरणको व्यवस्था मिलाउने बताए ।

पीपीई प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा वल्र्ड भिजनको साँझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top