×

NEPAL TIMES UPDATES

Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026

स्वर्ण विजेता टमाटा भन्छन् – साइकल किन्न ऋण खोज्न पर्दैन

१२ बैशाख २०७७

१२ बैशाख, काठमाडौँ । 

पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारीमा जुटिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै १२औँ सागका लागि छनोट भए । टमाटा छनोट त भए तर भारतमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने पिरलो प¥यो । कारण उनीसित गतिलो साइकल थिएन । थोत्रे साइकलका भरमा पदक जित्ने लक्ष्य पूरा हुने टमाटाले सम्भव देखेनन् ।

Advertisement
Advertisement

टमाटाले नयाँ साइकल किन्ने मन बनाए । मन बनाएर मात्र भएन । उनको गोजी रित्तो थियो । टमाटाले सञ्चय कोषको आश गरे । र डेढ लाखमा नयाँ साइकल किन्ने योजना बनाएका टमाटाको मन त्यतिबेला खिन्न भयो जब उनको सञ्चय कोषमा साइकल किन्नलाई चाहिने आधी रकम मात्रै थियो । एकातिर उनको सागमा पदक जित्ने अभिलाषा अर्कोतिर पैसाको समस्या । जसरी पनि साइकल किन्न पैसो चाहियो । सेनामा जागिर आर्थिक अभाव । अरु कुनै उपाय भएन । टमाटाले घरमा बा–आमालाई फोन गरेर जागिर खाँदै गरेको छोरोले साइकल किन्न पैसो माग्दा उनीहरु अचम्मित बने । टमाटाका बा–आमालाई लाग्यो कि साइकल त रु पाँच सात हजारमा नयाँ आइहाल्छ ।

फोनमा विस्तारमा सम्झाएपछि मात्रै थाहा भयो छोराले किन्न खोजेको साइकल त उनीहरुले गाउँघरमा देखेको सामान्य साइकल होइन रहेछ । बा–आमाको गोजी पनि रित्तो थियो । उनीहरुले छोराको सपना पूरा गर्न गाउँमा ऋण खोजे । मुस्किलले ऋण काँढ्न सके । त्यो पनि छोरो सेनामा जागिरे छ पछि तिरिहाल्छ भन्ने आसले मात्र गाउँले टमाटाका बुबालाई ऋण दिन तयार भएका हुन् । बा–आमाले ऋण गरी पठाएको पैसो र सञ्चय कोषको रकमले टमाटाले डेढ लाखमा साइकल किने । टमाटा साइकल किनेर भारतको गुवाहाटीतर्फ लागे । खेलमा भाग लिँदा साइकल किन्दाको दुःख सम्झिए । नभन्दै उनले ट्रायथलन रजत पदक जिते । उनीभन्दा अब्बल भारतका खेलाडी मात्रै निस्किए ।

सन् २०१६ मा १२औँ सागमा रजत पदक जितेपछि नेपाल सरकारबाट टमाटालाई रु एक लाख ५० हजार पुरस्कार प्राप्त भयो । उनले सो रकममा फेरि नयाँ साइकल किने । दौड र साइक्लिङका उत्कृष्ट खेलाडी टमाटालाई सेनाले पछि रु तीन लाख पर्ने साइकल किनिदियो । त्यही साइकलका भरमा उनले गत वर्ष मङ्सिरमा नेपालमै सम्पन्न १३औँ सागमा ट्रायथलनमा स्वर्ण पदक जिते । जसोतसो अभ्यासका भरमा १२औँ सागमा रजत जितेका टमाटाले १३औँ सागमा स्वर्ण पदक जितेरै छाडे ।

पोखराको लेकसाइडमा भएको उक्त प्रतियोगितामा टमाटाले साढे सात किलोमिटर दौड र २० किलोमिटर साइक्लिङ ५७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए । सोही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते । मल्ल टमाटाभन्दा दुई मिनेट २० सेकेन्ड ढिला भए । श्रीलङ्कका आशिष परेरा ५९ मिनेट ३२ सेकेन्डका साथ तेस्रो भए । सागको बेला टमाटाले समयमै खेल पोशाक पाउन सकेनन् । ‘साथीको पोशाक मागेर लगाए, अनि खेले’, टमाटा भन्छन्, ‘साथीको पोशाक मलाई सहज भएन, दौडिन असहज हुँदा झण्डै पदकविहीन भएको ।’ नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले प्रतियोगिताअघि स्वर्ण जित्नेलाई रु एक लाख, रजत जित्नेलाई रु ५० हजार तथा कास्य जित्नेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरे । उक्त घोषणाले पनि पदक जित्न मनोबल बढेको टमाटा बताउँछन् । ट्रायथलनमा महिलातर्फ नेपालकै सोनी गुरुङले स्वर्ण जितिन् ।

बाहौँ सागमा डेढ लाख पाएका टमाटाले १३औँ सागमा स्वर्ण पदक जितेवापत रु नौ लाख पुरस्कार पाएका छन् । ‘साइकल किन्न बा–आमाले अब गाउँमा ऋण खोज्न पर्दैन’, लकडाउनका कारण हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ऐरीस्थित घरमै रहेका टमाटाले फोनमा भने, ‘सरकारले खेलाडीको पीरमर्का बुझेकामा खुशी छु ।’ टमाटाले लडकडाउन सकिएलगत्तै काठमाडौँ फर्केर रु तीन लाखसम्मको साइकल किन्ने सोच बनाएका छन् । उनले किन्न खोजेको साइकल कञ्चनपुरमा पाइन्न । पुरस्कारको रकमले नयाँ साइकल किन्नुका साथै छोरोलाई काठमाडौँमा पढाउने टमाटाको इच्छा छ । ‘छोरो तीन वर्षको भयो, गाउँमा खासै राम्रो स्कूल छैन, जागिर पनि काठमाडौँमै भएकाले त्यतै पढाउने सोचाइ छ’, टमाटाले भने ।

गाउँकै पूर्णा उच्च माविबाट १० कक्षा उत्तिर्ण गर्दासम्म उनी दौडमा अब्बल थिए । जिल्ला र क्षेत्रीय प्रतियोगितामा भाग लिइरहन्थे । पदक पनि जित्न थाले । यो सब १० कक्षा पढ्दासम्म मात्र सम्भव थियो । त्यसपछि टमाटासित अन्य विकल्प थिएन । आर्थिक अवस्था कमजोर थियो । बुबा गाउँमा आरनको काम गर्दथे । जेनतेन घरखर्च चलेको थियो । आफ्नो अवस्था थाहा पाएर टमाटा सेनामा भर्ना भए । अनि उनले आफ्नो खेल देखाउने अवसर पाए । ‘सेनामा भर्ना नभएको भए खेलमा हुन्नथे’, उनले भने, ‘कि भारतमा मजदुरी गर्न जान्थे, कि त खाडी मुलुकतर्फ लाग्थे ।’

त्रिभुवन आर्मी क्लबमा भएका कारण खेल्ने वातावरण पाएकामा उनी हर्षित छन् । सेनामा भर्ना भएर मात्रै पनि पुग्दैनथ्यो । टमाटाको खेलबाट प्रभावित भएर नपाली सेनाका सेनानी राजीव चन्दले उनलाई त्रिभुवन आर्मी क्लबमा अवसर दिएका हुन् । सेनानी चन्दकै कारण खेलमा जम्न सकेको उनी बताउँछन् । तत्कालीन सहसेनानी चन्दले टमाटालाई दौड र साइक्लिङका लागि तयार पारे । ‘त्यसअघिसम्म साइक्लिङबारे कुनै ज्ञान थिएन’, टमाटाले बिगत सम्झिए ।

सेनामा भर्ना हुनुअघि पनि टमाटाले काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिएका थिए । ‘त्यो प्रतियोगिता अनुभव बटुल्नका लागि मात्रै जस्तो भयो, राम्रो खेल्न सकिन, गाउँमा अभ्यास गर्न सहज थिएन, त्यत्तिक्कै खेल्न आए जस्तो भयो’, एक दशकअघि खेलेको प्रतियोगिता सम्झिँदै टमाटाले भने । त्यसबखत उनी क्षेत्रीय प्रतियोगितामा पाँच किलोमिटर र १० किलोमिटर दौडमा पहिलो हुँदै पाँचौँ राष्ट्रियका लागि छनोट भएका थिए ।

टमाटा काठमाडौँ र पोखरामा दौड तथा साइक्लिङको अभ्यास गरिरहन्छन् । तेह्रौँ सागअघि पोखरामा नै सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा उनी १० किलोमिटर दौड र ४० किलोमिटर साइक्लिङमा पहिलो भएका थिए । यसले पनि उनको मनोबल उच्च बनाएको थियो । पोखराको भूगोलसित उनी राम्रोसँग परिचित भइसकेका थिए । ‘तेह्रौँ सागको स्वर्ण पदक पनि मेरै पोल्टामा पार्छु भन्ने मन बनाइ सकेको थिए’, उनले प्रतियोगिताको क्षण सम्भिए ।

अहिले चलाउँदै गरेको साइकल भने उनले भारतको बनबासाबाट किनेर ल्याएको जस्तो होइन रहेछ । गाउँमा छँदा उनी सामान्य साइकलका दौडिए । अहिले प्रयोग गर्दै गरेको साइकलबारे टमाटालाई धैरे पछि मात्र थाहा भयो । ‘सेनामा जागिर खाएर काठमाडौँ आएपछि मात्र थाहा पाएको हुँ’, उनले भने । छाक टार्न आरनको भर पर्दै आएको टमाटा परिवारका लागि रु लाख बढी पर्ने साइकल किन्नु सपनामा पनि नचिताएको कुरा थियो । सेनामा भर्ना भएपछि मात्र उनले साइक्लिङ प्रतियोगितामा भाग लिन थाले । साइकल पनि उनले जागिर खाएपछि मात्र किन्न सके ।

घरमा हुँदा टमाटाले ऐरीबाट गड्डाचौकी, ब्रह्मदेव, झिलमिला, कैलालीको अत्तरिया हुँदै झलारी, महेन्द्रनगरसम्म साइकल कुदाउने गर्छन् । यो उनको साइकल कुदाउने मार्ग हो । साइकल कुदाउन त्यहाँ सहज भने छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको बढ्दो दबदबा छ । ‘यहाँ साइकल चलाउनेले ज्यानको माया गर्न हुँदैन’, उनले भने, ‘कुन बेला कताबाट कसले हान्दिने हो बेर हुन्न, मन चसक्क हुन्छ ।’

Advertisement

– विक्रम गिरी/रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top