संक्रमण पुष्टि भएसंगै दमकको उत्तरी क्षेत्र र भुटानी शरणार्थी शिविर पूर्णरुपमा सिल

१३ बैशाख, दमक । दमक–३ निवासी ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल गरिएको छ । दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको शुक्रबार राति बसेको आकस्मिक बैठकले उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

उक्त वडाका स्थानीयवासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्न निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।

Advertisement

उक्त क्षेत्रका स्थानीयमा कोरोनाको एन्टिबडी परीक्षणका लागि नगरपालिकाले शुक्रबार नै प्रदेश सरकारसँग र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट माग गरेको उनले बताइन् ।

दमकमा एक सय जनाको आरडीटी परीक्षण गर्दासम्म कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थिएन । १०१ नम्बरमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

Advertisement

संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि विराटनगरस्थित कोशी कोभिड अस्पताल पठाएको अधिकारीले जानकारी दिइन् । नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ ।

इलाका प्रहरीका डीएसपी विजयराज पण्डितले शुक्रबार बिहानदेखि नै भुटानी शिविरमा आवतजावत पूर्णरुपमा निषेध गरेको जानकारी दिए । शिविरमा करीब ५ हजार भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् ।  नगरपालिकाभित्र ४१ जना क्वारेन्टाइनमा छन् । वडा नं. ४ स्थित मानसरोवर कलेजको क्वारेन्टाइनमा २१, दाहाल प्रतिष्ठानमा ६ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top