×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

हावाहुरीसहित परेको असिना–पानीले लालबन्दीमा दुई घाइते

१३ बैशाख २०७७

१३ वैशाख, सर्लाही ।
सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्‍याएको छ ।

हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन्।

Advertisement
Advertisement

असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पुर्‍याएको हो । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पुर्‍याएको स्थानीयवासीले जनाएका छन् ।

यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते भएका वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिए ।

घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताए । ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । “ठूलो–ठूलो असिना झर्यो । एकैछिनमा मकैबाली र तरकारी कुट्यो”, खेतमा काम गरिरहेको ६० वर्षीया जेसुनमाया घिसिङले भनिन्, ठूलाठूला असिनाले चुट्दा आफू घाइते भए ।”

असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ । तीव्रगतिका हावाहुरीका कारण जिल्लाको कतिपय स्थानमा बिजुलीका पोल रुख ढलेका छन् । जसका कारण विद्युत् प्रसारण अवरुद्ध भएको छ । त्यस्तै जिल्लाको बसबरिया गाउँपालिकामा समेत असिनाले ठूलो क्षति पुर्याएको वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले जानकारी दिए ।

“लकडाउनको समय छ । खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पुर्‍यायो”, उनले भने, “आँप, मकै र तरकारीबालीमा क्षति पु¥याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।” असिनाले बसबरिया गाउँपालिकामा पनि ठूलो क्षति पुर्‍याउनुका साथै घरहरुमा समेत क्षति पगुेको वडाध्यक्ष यादवले जानकारी दिए ।

Advertisement

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिनापानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पुर्‍याएको छ । आँप, मकैबाली र तरकारीमा क्षति र्पुयाएपछि किसान चिन्तित बनेका छन् । हावाहुरी र असिनापानीबाट के कति क्षति पुर्‍याए भनेर विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।(रासस)

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top