×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई मन्त्रीसँगै मुख्यमन्त्रीले गरे उदयपुर र भोजपुरको निरीक्षण

१३ बैशाख २०७७

१३ बैशाख, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गरे । ‘तपाईहरुको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्’,- मुख्यमन्त्री राईले भने । मुख्यमन्त्री राईले संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताए ।

मुख्यमन्त्री राईले प्रदेशका दुईवटा कोरोना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । राईले शनिबार स्वास्थ्य सामग्रीसहित कोरोना संक्रमित फेला परेपछि पूर्ण लकडाउन गरिएका क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो । मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी १ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गरेका छन् ।

मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो । मुख्यमन्त्रीले थर्मगन, पीपीई, एन९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पु¥याई दिएका हुन । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top