१४ बैशाख, काठमाडौँ ।
झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उनको अवस्था सामान्य रहेको र अस्पतालको सम्पर्कमा रहेको जनाईएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । आजसम्म १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।