×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन

१४ बैशाख २०७७

१४ बैशाख, काठमाडौं ।

कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालीम दिइरहेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सङ्क्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई तालीम दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म नेपाली सेनाका ६५० र सशस्त्र प्रहरी बलका १२० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालीम दिइएको छ ।

Advertisement
Advertisement

दैनिक उपभोग्य वस्तुको आयातमा चाहिँदैन पास
सिसिएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । ती बिक्री केन्द्रबाट काठमाडौँवासीले सहज रुपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन् ।

लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ ।

एक अर्बभन्दा बढीको औषधि आयात
लकडाउन शुरु भएपछि वैशाख १३ गतेसम्म कूल रु एक अर्ब १३ करोड ३७ लाख १९ हजार बराबरको तयारी औषधि आयात भएको छ । यस्तै रु २५ करोड ८१ लाख ८५ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको डा. देवकोटाको भनाइ छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो । यस्तै भारतबाट कूल ९१ हजार ४५६ मेट्रिक टन खाद्य पदार्थ, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । सोही अवधिमा कूल १७ हजार ४९६ किलोलिटर इन्धन आयात भएको छ ।

बयासी हजार सुरक्षाकर्मी परिचालित

लकडाउनको समयमा झण्डै ८२ हजार ६५० सुरक्षाकर्मी परिचालित गरिएको छ । नेपाली सेनाका कूल सात हजार ४८६, नेपाल प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरी बलका ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका कूल एक हजार ९९७ जना जनशक्ति परिचालित गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालबाट साबिकका ६५० चेक प्वाइन्ट रहेकामा हाल बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार ६१६ जनशक्ति परिचालन गरिएको छ ।

नेपाल भारत सीमा नाकाका नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । रुपन्देही नाकाबाट २९६, कपिलवस्तुबाट ३५ गरी कूल ३३१ जना भारतमा रहेका नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रुपन्देहीबाट १५२ र कपलिवस्तुबाट ३६ गरी कूल १८८ जना नेपालमा रहेका भारतीयलाई भारत पठाइएको छ ।

झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन

Advertisement
Advertisement

गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाखले लकडाउन उल्लङ्घन गरेको पाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गर्दा ४३ हजार ७६१ सवारीसाधनसमेत कारवाहीमा परेका छन् । तीमध्ये कूल ९९ हजार ४१४ र ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ । केही भने थप कारवाहीका क्रममा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top