×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

वुहानका अस्पतालमा अब एउटा पनि कोरोनाका विरामी नरहेको चीनको घोषणा

१५ बैशाख २०७७

१५ बैशाख, एजेन्सी । कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ । सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए ।

Advertisement
Advertisement

गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड(१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो । यसैगरी वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए। उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ ।

भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो ।

चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ ।

चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ । स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ । त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ।
यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन्। शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ।

यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन्। त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ। आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ। ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई ’असभ्य’ व्यवहार गर्नबाट रोक्न लक्षित छ।

Advertisement

ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ। यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ। यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ। शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ। जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top