१६ वैशाख, काठमाडौैं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख ६५ हजार नाघेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख ६५ हजार ३ सय ७२ पुगेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या १० लाख १० हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ११ हजार ६ सय ६ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार सात सय ९७ पुगेको छ । त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९ लाख २२ हजार बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी अमेरिकामा १ लाख ३९ हजार निको भएर फर्किएका छन् भने स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।