भारतमा पसल खोल्न दिइयो भन्ने खबर पाएपछि महाकाली तरेर धार्चुला गएका चार नेपाली पक्राउ

१६ बैशाख, दार्चुला । भारतमा पसल खोल्न अनुमति दिइयो भन्ने खबर पाएपछि महाकाली तरेर धार्चुला गएका चार जना नेपाली पक्राउ परेका छन् ।

सोमबार साँझ ६ बजे दार्चुला महाकाली नगरपालिका खलंगाका चार स्थानीय काम गर्न भन्दै नदी तरेर धार्चुला पुगेका हुन् ।

उनीहरूलाई गस्ती गरिरहेको भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र संतोष गौतम रहेका छन्।

Advertisement

एसएसबीका अनुसार शंकर सिंहको धार्चुलामा कपडाको पसल छ भने अन्य तीन जना स्वर्णकारको पसलमा काम गर्थे । उनीहरूलाई पनि क्वारन्टाइनमै पठाउने तयारी भइरहको एसडिएम अनिल शुक्लाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top