×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेरि थपिए ३ जना कोरोना संक्रमित, पुगे ५७

१७ बैशाख २०७७

१७ बैशाख, काठमाडौँ ।
बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बुधबार तीन जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण भएका छन् । अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौँ उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top