दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी, कम्तीमा ३८ जनाको मृत्यु

१८ बैशाख, एजेन्सी । दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

Advertisement

आगलागीमा अन्य १० जना घाइते भएका छन् । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।

एक जना अझै हराइरहेको बताइएको छ । ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top