विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको छः श्रममन्त्री यादव

१८ बैशाख, काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधवार विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताए।

ठूलो सङ्ख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उनले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताएका हुन्।

Advertisement

’बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेशिया तथा अन्य मुलुकमा हुनुहुन्छ। यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ’, मन्त्री यादवले भने, ’हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ।’

गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उनले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे।

Advertisement

रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गर्दै उनले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन पनि अनुरोध गरे।

उनले विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन पनि अपिल गरेका छन्।

गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि सरकारले कूटनीतिक पहल गरेको मन्त्री यादवले बताए।

’नेपाली कामदारको हकहित र सुरक्षालाई लिएर प्रधानमन्त्रीले पनि विदेशस्थित आफ्ना समकक्षीसँग निरन्तर टेलिफोन संवाद गरिरहनुभएको छ’, नेपाली कामदारले भोग्दै आएको समस्याप्रति सरकार संवेदशनील रहेको उल्लेख गर्दै उनले भने।

कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन पनि अनुरोध गरे।

कोरोना भाइरसलाई फैलन नदिने एकमात्र उपाय भनेको व्यक्तिव्यक्ति बीचको दूरी कायम गर्नु नै उचित भएको उल्लेख गर्दै उनले पटकपटक साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गरे।
(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top