×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौ महानगरले सुरु गर्याे अब्यवस्थित राहत वितरण

१८ बैशाख २०७७

१८ वैशाख, काठमाडौं ।
लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् ।

घरभन्दा टाढा रहेका, दैनिक ज्यालामजदुरी गर्नेहरुलाई स्थानीयतहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ । देशभरीका स्थानीय स्थानीयतहहरुले राहत वितरण थालेका हुन् । अहिले उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ ।

महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लागेको छ । अध्ययनकालागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन् ।

विशेषगरी अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना नगरेको पाइएको छ । बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मापनि राहत लिन फारम भर्नेहरुको त्यस्त भिड देखिन्थ्यो ।

काखमा बच्चा बोकेका महिला देखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका छन् । लक डाउन जारी भएको केही दिन पछि बाट नै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top