१८ बैशाख, काठमाडौँ ।
नेपालमा पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका विरामी भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका विरामी भेटिएको बताए ।
झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उनले बताए । १ सय ८५ जनामध्ये धादिङ २ जना बालबालिकाको दादुराका कारण मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि वैशाख १७ गतेबाट २३ सम्म खोप दिन सुरु गरिएको छ । प्रकोप देखिएको क्षेत्रमा रहेका ६ महिनादखि १५ वर्षम्मका २० हजारलाई खोप दिइने उनले बताए ।
नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवालिन आउने अभिभावक र बालबलिकाको कोभिडसँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरु आग्रह गरेको छ ।
कुनै व्यक्तिमा कोरोना संक्रमण संकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुनपानीले हातधुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।