१९ बैशाख, काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन् ।