×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

मोरङ क्वाटरफाइनल प्रवेश : आज संकटा र भारतको मोहम्मेदन क्लब विच भिडन्त (फोटो फिचर)

१८ चैत्र २०७४

विराटनगर, चैत १८
आयोजक रिजालको मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वटरफाइनल प्रवेश गरेको छ । शनिबार भएको उद्धघाटन खेलमा घरेलु मैदानमा विदेशी पाहुना टिम भुटानको थिम्पु फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । मोरङको जितमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे ।

 

Advertisement
Advertisement

मोरङका तर्फबाट ६० औं मिनेटमा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । गोलरक्षक नग्वाङ टासीले क्लियर गर्न खोज्दा रिबाउण्ड भएको बललाई बस्नेतले पोष्टको दिशा दिएपछि भुटान दवावमा प¥यो ।

अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । अफ्रिकन खेलाडी पियुसको क्रस पासमा वान भर्सेस वानको स्थितीमा लिम्बूले बललाई जाली चुमाउँदा विपक्षी गोल रक्षकले नियाल्न सम्म पनि भ्याएनन् । ६७ औं मिनेटमा टिसान्दा दोर्जीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले विफल पारिदिंदा भुटानले खेलमा फर्कने अवसर गुमायो ।

पहिलो हाफ सम्म खेललाई नियन्त्रणमा लिएको मोरङले गोल गर्ने धेरै अवसरलाई भने सदुपयोग गर्न सकेन । उसका आधा दर्जन प्रहारले पोष्टको दिशा लिन सकेनन् । खेल अवधिभर गोल गर्नका लागि पाएका केही अवसरलाई भुटानले पनि खेर फाल्यो । फिनिसिङ पक्ष कमजोर हुनु भुटानका लागि विदेशी मैदान अफापशिद्ध भयो ।

भुटानका प्रशिक्षक जङ्चुक दोर्जीले खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । जितपछि मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचे अनुरुप नै भएको बताए ।

मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगिताको उद्धघाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच मोरङका निशान लिम्बू घोषित भए । आइतबारको खेलमा संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिष्प्रधा हुने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top