वसन्तपुर–म्याङलुङ्ग सडक खण्ड हिउँद महिनामा धुलाम्मे

१८ चैत ७४, आइतबार
Share this
763shares

तेह्रथुम, चैत १८
मर्मत सम्भारको काम गुणस्तरहीन हुदाँ तेह्रथुमको वसन्तपुर म्याङलुङ्ग सडक खण्ड हिउँद महिनामा धुलाम्मे हुने गरेको छ । तीन वर्ष अगाडि पिच गरिएको सडक गुणस्तरहीन भएकाले अहिले धुलाम्मे भएको हो ।

Advertisement

 

धुलाम्मे सडकमा यात्रा गर्दा सवारी साधन र पैदल यात्रुलाई समस्या हुने गरेको छ । २६ किलोमिटरको उक्त सडकमा ३० भन्दा बढी खाल्डा खुल्डी परेका छन ।

Advertisement

सडकमा परेका खाल्डा र धुलोका कारण सवारी साधन र पैदलयात्रुलाई समस्या परेको स्थानीयवासीले बताएका छन । समयमा सडक मर्मत नगर्ने, मर्मत सम्भारका नाममा गुणस्तरहिन सामाग्री प्रयोग गर्ने गरेकाले सडक जिर्ण बन्दै गएको छ ।

सडक निर्माण र मर्मतका नाममा करोडौ रुपैया खर्च गरे पनि सडक डिभिजन कार्यालय र ठेकेदारको मिलेमतोमा गुणस्तरीयहिन काम हुने गरेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top