Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा स्वास्थ्य बिमा सम्बन्धी अन्तक्रिया

विराटनगरमा स्वास्थ्य बिमा सम्बन्धी अन्तक्रिया

विराटनगर, चैत १८
प्रदेश नम्बर १ अन्तर्गत स्वास्थ्य बिमा लागू भएका जिल्लाका प्रदेश सभा सदस्यहरुसँगको स्वास्थ्य बिमा सम्बन्धी अन्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

 

नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड काठमाडौंको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य बिमा बोर्डका निर्देशक डाक्टर गुणराज लोहनीले स्वास्थ्य सेवाको पहुच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य रहेको जानकारी दिए ।

आर्थिक बर्ष २०७२÷०७३ मा कैलाली ,बाग्लुङ र इलामबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अहिले ३१ जिल्लामा लागू भएको उनले जानकारी दिए । लोहनीले ५ जना सम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार २५ सय तिर्नुपर्ने र ५ जनासम्मको परिवारले बार्षिक ५० हजार स्वास्थ्य सेवा पाउने जानकारी दिए ।

वीमामा आकस्मीक सेवा,अन्तरङ, शल्यक्रिया, बहिरङ,ल्याब र औषधिमा सेवा दिइनेछ । अहिले प्रदेश नम्बर १ का इलाम, झापा, सुनसरी,भोजपुर, खोटाङ र सोलुखुम्बुमा स्वास्थ्य सेवा कार्यक्रम लागू भएका छन । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे तथा प्रदेश सांसदहरुको सहभागिता थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.