×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाँके र रुपन्देहीमा भेटिए २ जना कोरोना संक्रमित

१९ बैशाख २०७७

१९ बैशाख, काठमाडौँ ।
शुक्रबार दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके र रुपन्देही जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । रुपन्देहीका २५ वर्षीय पुरुसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र बाँकेका ६० वर्षीय पुरुसको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोराना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये ४९ जना पुरुष छन भने १० जना महिला छन् । यसमध्येपनि १६ जना निको भएर घर फर्किइसकेका छन् । अस्पतालमा उपचार गराइरहेका सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म पीसीआर प्रविधिबाट १२ हजार ५ सय ७७ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट कुल ४७ हजार ७ सय ९७ परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ परीक्षण भएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सूदुरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या २४ हजार ९ सय ७ रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा २ हजार ८ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३२, बागमती प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ७ सय ८, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ र सूदुरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९४ रहेको छ भने ५ जना काठमाडौंमा र ८९ जना उपत्यका बाहिरका अस्पतालहरुमा रहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top