नेपालमा रोकिएका २७ थाई नागरिक बोकेर उड्यो थाई एयर

१९ बैशाख २०७७, शुक्रबार
Share this
719shares

१९ बैशाख, काठमाडौँ।

Advertisement

लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ ।

थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको छ । नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो ।

Advertisement

बुद्धको ढाकामा चार्टर्ड उडान

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्धएयरले बङ्गलादेशको ढाकामा चार्टर्ड उडान गरेको छ । नेपालमा लकडाउनका कारण रोकिएका १६ बङ्गलादेशी नागरिक लिएर ढाका उडेको बुद्धको एटिआर जहाज आजै काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ ।

Advertisement

बुद्धको ढाकामा यो तेस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १७ गते ढाकामा उडान गरेको थियो । मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई उनीहरुका अभिभावकले बुद्धको जहाज चार्टर्ड गरी काठमाडौँ ल्याएका थिए । अघिल्लो पहिलो चार्टर्ड उडानमा पनि बुद्धको जहाजले बङ्गलादेशी नागरिकलाई उनीहरुको मुलुक पु¥याइदिएको थियो ।

चार्टर्ड उडानका लागि आवश्यक स्वास्थ्य सुरक्षालगायत सबै मापदण्ड पूरा गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएर उडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top