२० बैशाख, काठमाडौँ ।
संकटको बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो ।
नर्सहरुको जिम्मेवारी घर र अस्तालको संगसँगै हुने भएकाले अहिलेको परिस्थितिमा बढी जोमिख रहेको भन्दै संघले सरकारलाई यस्तो आग्रह गरेको हो । संघका अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी सँगसँगै लगाडी बढाउनुपर्ने अवस्थामा बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन आग्रह गरिन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष राईले फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च हुने काम गर्न पनि आग्रह गरिन् । अहिलेको अवस्थामा नर्स लगायत चिकित्सक अन्य स्वास्थ्यकर्मीहरु मिलेर काम गर्ने अवशर मिलेको र यहि अवशरमा एक अर्काका समस्या साटासाट गर्ने र एक अर्काको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सिकाएको उनले बताईन् ।
अहिलेको परिस्थितिले आगामी नर्सिङ शिक्षा कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएको पनि उनले बताइन् । अब गुणस्तरिय रुपमा प्रयोगात्मक शिक्षाका माध्यमबाट नर्सहरु उत्पादन हुनुपर्नेमा उनले जोड दिइन् । उत्पादनमा मात्रै नभएर गुणस्तरको मान गर्नुपर्ने कुरामा पनि अहिलेको परिस्थितिले सिकाएको उनले बताइन् । नर्सहरुका समस्या धेरै भएपनि अहिले महामारी विरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुलाई उनले संयमित भएर जिम्मेवारी निर्वाह गर्न पनि उनले आग्रह गरिन् ।