×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भेनेजुएलाको एक कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढीको मृत्यु

२१ बैशाख २०७७

२१ वैशाख, एजेन्सी ।
ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ।

कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका थिए।

कैदीहरूले जेल तोड्ने प्रयत्न गरेको भन्ने अधिकारीहरूको दाबीबारे सन्देह व्यक्त गर्दै उक्त सङ्गठनले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेको छ। घटनामा गभर्नरसहित कारागारका कर्मचारी समेत घाइते भएका छन्।

कारागारसम्बन्धी मामिला हेर्ने मन्त्री आइरिस भारेलाले घटना भएको पुष्टि गरे पनि मृतकको सङ्ख्याबारे केही नबताएको एउटा स्थानीय पत्रिकाले जनाएको छ। उक्त पत्रिकाको समाचारमा घटनालाई कारागार तोडेर भाग्ने प्रयासको रूपमा चित्रण गरिएको छ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भेनेजुएला सरकारले विभिन्न कदमहरू चालेपछि देशका फोहोर र कैदीले खचाखच कारागारहरूमा दङ्गाका घटना बढ्दो छन्। क्वारन्टीनसम्बन्धी नियमहरूका कारण कैदीहरूले आफन्तले ल्याइदिएका खानेकुरा लिन पाउँदैनन् जुन खानेकुरामा उनीहरू निर्भर रहन्छन्।

भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा ४६ जना कैदीको ज्यान गएको छ र एउटा स्थानीय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको छ।(बीबीसी)

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top