×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

२१ बैशाख २०७७

२१ बैशाख, महोत्तरी । महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा ७ स्थित रुपनारायण सिंह दनुवारको ज्यान गएसँगै मृतकको सङ्ख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी नभएको र अचानक बिरामी परेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

शनिबार मात्रै भंगाहा–६ का ४८ वर्षीय पलट साह र इँटा भट्टामा काम गर्दै आएका ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको थियो ।

भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीय रामलाल मण्डलले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।

भंगाहा नगरपालिकाका मेयर संजिव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए ।  विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्नद सकिने डाक्टरहरुले बताएका छन् ।

मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलनसमेत गरिएको थियो । परीक्षण गरिएका मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन झाले बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top