सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ र कर्णालीवासीलाई स्वास्थ्य सामग्री प्रदान

२० बैशाख ७७, आइतबार

२१ वैशाख, काठमाडौँ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

सेभ द चिल्ड्रेनले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्रीहरु मध्ये ३ सय ४३ थान पीपीई प्रदेश नम्बर २ को लागि र २ सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइ दिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ । बाँकी १ हजार २ सय थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ ।

Advertisement

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताए ।

कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताइन । नेपालमा सेभ द चिल्ड्रेनले विगत ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top