×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना सङ्क्रमणका घटना नदेखिएका स्थानका मस्जिदलाई खुला गर्ने इरानको तयारी

२२ बैशाख २०७७

२२ बैशाख, एजेन्सी । इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको राष्ट्रपति हसन रुहानीले आइतबार बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्येको एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको बढी जोखिम रहेका र कम जोखिम रहेका, सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु धेरै भएका स्थानलाई सेतो, पहेँलो र रातो क्षेत्रमा वर्गीकरण गरेको र स्थान अनुसार बन्दाबन्दीलाई केही खुकुलो पार्ने तयारी गरेको रुहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा बताएका हुन्।

शुक्रबारको प्रार्थनालाई केही मस्जिदमा पुनः सञ्चालन गरिनेछ। तर सबै कदम स्वास्थ्य अधिकारीले निर्धारण गरेको नियमको पालना र सम्मान गर्ने शर्तमा मात्रै लिइने छ।

इरानमा ९७ हजार ४२४ जना कोभिड–१९ बा सङ्क्रमित रहेका छन् भने छ हजार १५६ जनाको आइतबारसम्म निधन भइसकेको छ। इरानको कोम सहरमा सबैभन्दा पहिले फेब्रुअरी १९ मा सङ्क्रमित भेटिएको थियो।

इरान सरकारले आगामी अप्रिल ११ देखि औद्योगिक तथा व्यवसायिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top