पहिरोले चितवनको जलबिरेमा सवारी आवागमन ठप्प

२२ बैशाख ७७, सोमबार

२२ वैशाख, चितवन ।
आज बिहान मुग्लिन–नारायणगढ खण्डअन्तर्गत चितवनको जलबिरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प बनेको छ ।

Advertisement

गएरातिदेखिको अविरल वर्षाका कारण पहिरोसँगै रुख ढलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार स्काभेटरको सहायताले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण मालवाहक सवारी साधन बीचमै रोकिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top