×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउनको ४३ औं दिन पूरा, चेकजाँचलाई कडाई

२३ बैशाख २०७७

२३ बैशाख, काठमाडौँ ।
कोरोनाभाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको मंगलबार ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिन सम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन् । एयरपोर्ट, कोटेश्वर, तिनकुने, बानेस्वर, माइतिघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारी साधनको चाप बढेको देखिन्छ ।

अत्यावश्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारीसाधनहरुको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्रि सडकहरुमा पनि केही पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ ।

सरकारले यही वैशाख २५ गते बिहीबार सम्म लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ८२ पुगेको छ ।

यस्तै १६ जना निको भइसकेका छन । अहिले सम्म पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४७ परीक्षण गरिएको छ भने ५० हजार ८ सय ४५ आरडिटी परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top