×

NEPAL TIMES UPDATES

Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026

६ जना कोरोना संक्रमित भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज

२४ बैशाख २०७७

२४ वैशाख, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् । उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित रानी मरकजको क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुनः थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरे । डिस्चार्ज भएका अनुस जैदीले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताए ।

धर्म प्रचारका लागि हिँडेका हामीहरुमा संक्रमण देखिदा पनि त्रसित भएनौं,’ उनले भने, संक्रमण पुष्टि भएपछि हामीलाई विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याएर राखेको र यहाँ चिकित्कसहरुको अत्यन्तै राम्रो हेरचाहले आत्मबल झन मजबुत भयो ।’

उपचार केन्द्रमा आफूहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै विभिन्न चिकित्सकहरुले पनि नियमित फोन सम्पर्क गरेर हेरचाह गरेको जैदीले सुनाए । आफूहरुलाई आवश्यक भएको हरेक सामग्री पनि स्वास्थ्यकर्मीहरुले उपलब्ध गराइदिएर माया गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे ।

प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा डिस्चार्ज भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको मिश्रले बताइन् ।

उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी रहेको उनले सुनाइन् । मेडिकल सुपरिटेन्डेन्ट मिश्रले संक्रमितहरु उपचार केन्द्रमा आएदेखि हेरचाह मात्रै गरेको र हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार गर्नुपर्ने कुनै लक्षण नदेखिएको बताइन् ।

कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका कसैलाई पनि कुनै औषधिसमेत खुवाएका छैनौं र उनीहरुमा कुनै लक्षणसमेत देखिएको छैन ।’ डिस्चार्ज भएर जानेहरुले धन्यवाद ज्ञापन गरेर जानु नै आफूहरुको उपलब्धि भएको उनको भनाइ थियो ।

मन्त्री घिमिरेले डिस्चार्ज भएकाहरुलाई क्वारेन्टाइनमा बसेको अवधिमा पनि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने व्यवस्था मिलाएको बताए । यसरी नै चाँडै सबै जना स्वस्थ्य भएर डिस्चार्ज भई घर फर्किने विश्वास छ,’ उनले भने ।

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासीसहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो ।

त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएकोमध्ये ६ जना डिस्चार्ज भएका हुन् । यस्तै, भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अब कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top