२६ बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ जना रहेका छन् ।
उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।