भारतीय अतिक्रमणविरुद्ध प्रर्दशन गर्दा प्रहरीले पक्रियो

२७ वैशाख, काठमाडौं ।
भारत सरकारले नेपाली भूमिलिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । नाराबाजीगर्दै माइतिघर पुगेकायुवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ ।

भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए । यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्डसहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top