२८ बैशाख, काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
हिजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ । योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ ।
हिजो थपिएकी संक्रमितलाई भने आज अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।