×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना अपडेटः संक्रमितको संख्या ४१ लाख नाघ्यो, २ लाख ८० हजार बढीको मृत्यु

२८ बैशाख २०७७

२८ बैशाख, एजेन्सी । विश्वव्यापी कोरोना भाइरस महामारीबाट ४१ लाख भन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकको संख्या पनि बढ्दै गएको छ । हालसम्म विश्वभर करिब ४१ लाख बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमणको उपचारपछि १४ लाख भन्दा बढी मानिस घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् ।
१३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र मृतकको संख्या १४ सय भन्दा बढी रहेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । त्यसैगरी बेलायतमा ३१ हजार भन्दा बढीको मृत्यु भएको छ । गत २४ घण्टामा बेलायतमा ३ सय ५० जनाको मृत्यु भएको छ ।

इटालीमा हालसम्म ३० हजार भन्दा बढीको मृत्यु हुँदा स्पेनमा २६ हजार बढीको मृत्यु भएको छ । स्पेनलगायत केही देशमा मृतकको संख्या केही घट्दै गएको बताइएको छ ।

यसैबीच अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएपनि त्यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको ओबामाको आरोप छ । उनले सरकारले लकडाउन नगर्दा संक्रमण फैलनु दुखद भएको टिप्पणी गरेका छन् ।

यता चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियामा कोरोनाको संक्रमण फैलनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  उनले उत्तर कोरियालाई स्वास्थ्य सामग्री सहयोग गर्न चाहेको पनि बताएका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top