×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृषक खोज्दै गाउँगाउँ पुग्यो कृषि एम्बुलेन्स

२९ बैशाख २०७७

२९ वैशाख, प्युठान ।
कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् ।

बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म नपुगेका अवस्थामा कृषि एम्बुलेन्स सञ्चालनले कृषकलाई सहज भएको छ । कृषकले उत्पादन गरेका उपज र उपज उत्पादनका लागि चाहिने बीउ र मल वितरणका लागि कृषि एम्बुलेन्स प्रयोग भएका छन् ।

लामो समयको बन्दाबन्दीमा कृषकले उत्पादन गरेका तरकारी, अन्डा, रासायनिक मल, बीउ पुर्‍याउनेलगायत कार्य एम्बुलेन्समार्फत भएपछि कृषकलाई सहज भएको छ । कृषि बीउ जिल्ला बाहिरका चिस्यान घरमा राख्ने, मकै र धान रोप्ने समयमा बीउ उपलब्ध गराउने, उत्पादित तरकारी संकलन गरी मुख्य बजारदेखि उपभोक्तासम्म पुर्‍याउने गर्दा कृषक तथा उपभोक्तालाई राहत मिलेको हो ।

नौबहिनी गाउँपालिकामा करीब चार सय कृषकले चैतमा लगाएको मकैबाली असिनापानीले नष्ट भएपछि जिल्ला तथा जिल्ला बाहिरबाट कृषि एम्बुलेन्समार्फत गाउँगाउँमा बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष विकले जानकारी दिए ।

गाउँपालिकाको सहयोगमा कृषि एम्बुलेन्सबाट मकैको बीउ पाउँदा राहत भएको नौबहिनी २, लिघाका नन्दराम बुढा मगरले बताए । “राम्रोसँग गहुँ भित्र्याउन नपाए पनि मकै राम्रो हुन्छ भन्ने आशा थियो,” उनले भने, “पटकपटक परेको असिनापानीले थिचेर नष्ट गरेपछि मकै पुनः छर्नुपर्ने भएको छ ।”

प्रदेश सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्स कृषक खोज्दै गाउँगाउँ आउँदा खुसी लागेको उनले बताए । मल्लरानी गाउँपालिका ५, कुमीकोटमा रहेको हिमा लेयर्स फार्ममा चार सय ५० लेयर्स छन् । करिब चार सय अन्डा दिने समयमा बन्दाबन्दी भएपछि ११ पेटी अन्डा बिग्रियो ।

दैनिक १० क्यारेट अन्डा उत्पादन गरी गाउँमा बिक्री गर्दै आएको लेयर्स फार्मका करिब ३० हजार रुपैयाँको अन्डा नष्ट भएको सञ्चालक सूर्यबहादुर दर्लामी बताउँछन् । “दाना नपाउँदा अन्डा उत्पादन घटेको छ,” उनले भने, “कृषि एम्बुलेन्सबाट दाना आउन र अन्डा बिक्री हुन थालेको छ ।”

कृषि एम्बुलेन्सले घरमै आएर अन्डा वितरणका लागि लैजाने गरेकाले सहज भएको सञ्चालक दर्लामीको भनाइ छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँ कृषि एम्बुलेन्स सञ्चालनका लागि पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय मातहतको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जिम्मा दिइएको छ ।

हरिओम कृषि सहकारी संस्था बाग्दुलाको लु.२ च ७५०५, झिमरुक मत्स्यसपालन तथा एकीकृत कृषि फार्म खैराको लु.२ च ७३८६ र युग प्रवाह कृषि सहकारी संस्था दाङको लु.२ च ७५१३ ले कृषि उपज ओसारपसार तथा खरीदबिक्रीको काम गर्दै आएका छन् ।

यही वैशाख १३ गतेदेखि सञ्चालनमा आएको कृषि एम्बुलेन्समार्फत पोल्टी फर्मले उत्पादन गरेका अन्डा, रासायनिक मल, मकैको बीउ ढुवानी, किमिचौरका किसानलाई मनकामना जातको मकैको बीउ वितरण, बर्जिवाङका किसानले उत्पादन गरेको मकै, कुखुराको दाना, अदुवा तथा बेसारको बीउ वितरण गरिएको छ ।

बाँदीकोटदेखि लमहीसम्म टिपिएस आलुको बीउ शीतभण्डारका लागि लगिएको र माछा फार्मका लागि प्राङ्गारिक मल वितरण भइरहेको कृषि एम्बुलेन्स सञ्चालन समितिका संयोजक गिरिराज पौडेलले बताए ।(रासस)

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top