भारतमा जातीय आन्दोलनमा सात जनाको मृत्यु

२० चैत ७४, मंगलबार
Share this
775shares

चैत २०, २०७४ भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म सात जनाको ज्यान गएको छ।

Advertisement

सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन्। मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ। निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ। प्रान्तीय सरकारले भने अदालतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।

उत्तर प्रदेश, झारखण्ड, बिहार, पन्जाबमा पनि प्रदर्शनको प्रभाव परेको छ। सोमबार भारत बन्दको आह्वान गरिएको थियो। भारतमा सन् १०१६ मा मात्रै ४० हजारभन्दा बढी अपराध तल्लो जातविरुद्ध भएको तथ्यांक छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top