×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अर्थमन्त्रीले भने–बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउँदैन

२९ बैशाख २०७७

२९ बैशाख, काठमाडौँ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गर्दे उनले वर्तमान परिस्थितिको सबै कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका हुन् ।

सरकारले बजेटका प्राथमिकताहरु समय, बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र नयाँ आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने स्पष्ट पारे । पूरानै कार्यक्रम दोहोरिएको र कम्युनिष्टको सिद्धान्त अनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदहरुको आरोपको उनले खण्डन गरे । संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत रहेको भन्दै उनले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारे । उनले भने “यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो र तेश्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेश गर्दैछु । हाम्रो पार्टीको सिद्धान्त परिर्वतन भएको छैन । हाम्रा प्राथमिकताहरु समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिर्वतित भएका छन् । तर बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउँदैन । ”

उनले सरकारको प्राथमिकता फेरिएको र स्वास्थ्य कृषिमा लगानी बढाएर रोजगारी वृद्धि गर्ने मार्गमा बजेट विनियोजन हुने आश्वासन दिलाए । सरकारका दिर्घकालिन लक्ष्य हासिल गर्नका लागि तय गरिएका कार्यक्रमहरु एकबर्ष पछि अर्को बर्ष छोड्न नमिल्ने भन्दै सोही विषयलाई लिएर कार्यक्रम दोहोरियो भन्न नमिल्ने तर्क उनले गरे । उनले भने “ पुरानै शैली भो । कार्यक्रम निरन्तर भए भन्ने कुरा पनि अतिसयुक्ती हो । हामीले सुरु गरेका राम्रा कार्यक्रमहरु दुई बर्षमा जति गर्यौ । सम्पन्न नभएका कुराहरु तेश्रो बर्ष छोड्ने हो र ? त्यो भन्दा हामी कहाँ पुग्छौ ? सम्मृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा त पुरा भएको छैन नि । अनि त्यही नारा पुरानो भो । शैली पुरानो भो भन्यो भने हामी फेरी कहाँ पुग्छौ ? ”

सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा तथा भौतिक पुर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दे उनले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमका बारेमा थप छलफल गर्ने बताए । बजेटका प्राथमिकताका सम्बधमा व्यापक छलफलको खाँचोको महसुस भएपनि प्रतिकुल अवस्थाले त्यसो गर्न नसकिएको उनले स्वीकार गरे ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top