२९ बैशाख,विराटनगर ।
गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोशी अस्पताललाई २ र कोभिड अस्पतालाई १ गरि ३ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताए ।
प्रदेश १ का विभिन्न स्थानीय तह लगायतका स्थानमा गोर्खा वेलफेयरले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको उनले बताए ।
डिफ्आईडीको आर्थिक सहयोगमा वितरण गरिएको विभिन्न स्वास्थ्य सामाग्री ग्रहण गर्दै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले अस्पतालमा ह्याण्ड वास पोइन्टको महत्वपूर्ण भूमिका हुने बताइन् ।