१० दिनभित्र पुरै वुहान सहरमा कोरोना भाइरस जाँच गरिने

३० बैशाख, एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल वुहान शहरले १० दिनको अवधिमा कोरोना भाइरस जाँचका लागि पूरै शहरको न्यूक्लिक एसिड परीक्षण गर्ने योजना बनाएको छ।

Advertisement

रोयटर्समा प्रकाशित समचारमा उसले आफूलाई उक्त परीक्षण सम्बन्धी एक आन्तरिक कागजात हात परेको र योजनासँग परिचित दुई श्रोतले जानकारी दिएको उल्लेख गरेको छ।

ती आन्तरिक कागजात अनुसार शहरका प्रत्येक जिल्लालाई, सम्बन्धित क्षेत्रका लागि विस्तृत परीक्षण योजना मंगलबारसम्म पेश गर्न भनिएको छ।

Advertisement

वुहानका स्वास्थ्य अधिकारीहरुले यस विषयमा कुनै टिप्पणी जनाएका छैनन्। वुहानमा मात्र १ करोड १० लाख मानिसहरु छन्।

संक्रमण फैलिन नदिनका लागि लगाइएको लकडाउन वुहानले अप्रिल ८ मा हटाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top