३० वैशाख, एजेन्सी ।
भारतमा सोमवार ४,२१३ जनामा कोभिड–१९ पुष्टि भएको छ।
यो सङ्ख्या दैनिक पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। भारत सरकारका अनुसार देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या ७०,००० नाघेको छ। तीमध्ये झन्डै २१,००० जना निको भएका छन् भने २,२०६ जनाको मृत्यु भएको छ।