×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने

३० बैशाख २०७७

३० बैशाख, काठमाडौँ ।

आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ ।

Advertisement
Advertisement

अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् । सरकारले निर्माणजन्य उद्योग खुलाउने निर्णय गरेसँगै अहिले निर्माणस्थलमा आवश्यक सामग्रीको समेत अभाव छैन । लक्ष्यअनुसार आगामी असारमा काठमाडौँमा पानी झार्नका लागि निर्माण कम्पनीलाई कामदार थप गर्न लगाइएको सिनियर डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए । प्रशासनको सहयोगमा आवश्यक निर्माण सामग्री निर्माणस्थलमा ल्याइएको उनले बताए । उनले भने, ‘अहिले काम गर्न कामदार, सामान र उपकरण कुनै कुराको समस्या छैन ।’

लकडाउनलगत्तै कतिपय कामदार निर्माणस्थल छाडेर घर फर्किएका थिए । यहाँका चिनियाँ कामदार र घर जान नसकेका नेपाली कामदारले थोरै काम अघि बढाएका थिए । गत महिना नै मन्त्रिपरिषद्ले तामाकोशी जलविद्युत् आयोजनासँगै यो आयोजनालाई अघि बढाउने निर्णय गरेसँगै अहिले प्रशासनले सवारी पास उपलब्ध गराउनेलगायत आवश्यक समन्वय गरिरहेको छ । यहाँको स्थानीय तहले पहिले काम शुरु गर्दा चहलपहल बढ्ने भन्दै विरोध गरे पनि अहिले सहयोग गरिरहेको उनले बताए । उनले भने, ‘आयोजना चाँडो सम्पन्न हुँदा यहाँको स्थानीय तहले पनि पाउने फाइदा चाँडो पाउँछन् ।’

अब झण्डै ४५ दिनको काम बाँकी रहेको प्रमुख डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । नियमितरुपमा अहिले जसरी नै काम गर्ने वातावरण हुँदा असारसम्म पानी झारेर परीक्षण गर्न सकिनेछ । उनले भने, ‘असारसम्म सकिने सम्भावना भएकाले कम्पनीलाई मान्छे थप्न भनिएको थियो ।’

निर्माणस्थलमा रहेका कामदार बाहिर भित्र नगर्ने हुँदा स्वास्थ्य सुरक्षाको समस्या नरहेको उनले बताए । दुई महिना पहिले यहाँ कार्यरत परियोजना निर्देशकलगायत चिनियाँ कामदार स्वदेश गएका थिए । उनीहरु नेपाल फर्किएपछि दुई साता क्वारेन्टाइनमा बसेर अहिले उनीहरु काममा लागेका छन् । त्यस्तै, यहाँ पहिले काम गरेका दोलखाका कामदार फर्किएपछि नयाँ कामदारलाई स्वास्थ्य सावधानी अपनाएर निर्माणस्थल लगिएको छ । निर्माण कम्पनीले बाहिरबाट जाने आगन्तुकको पनि परीक्षण गराएरमात्रै गेटभित्र प्रवेश गराएको उनले बताए । स्थानीय तहले परीक्षण गरेपछि मात्रै उनीहरु साइटमा गएका छन् । उनले भने, ‘केही दिन पहिले ४० जना कामदारको मेलम्ची नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो ।’

यसअघि नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण भइसकेको छ । हेडबक्समा तत्कालका लागि नगरी नहुने काम भएको श्रेष्ठले बताए । उनका अनुसार ‘हेडबक्स’ निर्माणको अवधि आगामी डिसेम्बरसम्म रहेकाले अहिले प्राथमिकता दिनु नपरेको उनले बताए । अहिले खासगरी सुरुङमा काम बढी भइरहेको छ । सुरुङमा ‘अल्टरनेटिभ डाइभर्सन सिस्टम’ बनाइरहेको र त्यो पूरा भएपछि पानी सुन्दरीजलमा झारिने उनले बताए । सुन्दरीजलमा आउटलेट गेटको ढलान सकिन लागेको छ । ढलानको काम सकिएपछि पाइप राख्ने र स्ट्रक्चरको काम हुनेछ । झण्डै २७ किमी लम्बाइको सुरुङमा सफाइको काम धेरै भइसकेको छ । अहिले एकदेखि डेढ किमी क्षेत्रफलमा सफा गर्न बाँकी छ । सिन्धु र ग्यालथोममा गेट बनाउन बाँकी छ । ग्यालथोममा गेटको ब्लास्टिङ सकियो भने सिन्धुमा अब ब्लास्टिङ शुरु हुने उनले बताए । उनले भने, ‘गेट सकिएपछि टर्नेलमा पानी हाल्न तयार हुन्छ ।’

खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले आयोजनाको काम अहिले तोकिएको तालिकाभन्दा केही ढिलो भए पनि अझै असारमा पानी झार्न आशा रहेको बताए । अहिलेसम्म कति काम सकियो र कति बाँकी छ भनी यकिन नभए पनि केही ढिलाइ भइसकेको छ । आयोजनामा लकडाउनका कारण समयमै सामग्री नपाउने र कतिपय घर फर्किएका कामदार ल्याउन नसकिनेलगायत चुनौती रहेको उनले बताए । उनले भने, ‘कतिपय विज्ञ भारतीय नागरिक थिए र उनीहरु घर फर्किएका छन्, तत्काल फर्काउने सम्भावना छैन ।’

नयाँ निर्माण कम्पनीले नियमितरुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्ममा उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले केही महिना पहिले श्वेतपत्र जारी गर्दै असारसम्ममा पानी आइपुग्ने प्रतिबद्धता जनाएकी थिइन् । अहिलेसम्म पनि काममा धेरै ढिला नभएकाले प्रशासन र स्थानीय तहले सहयोग गर्दा अझै पनि असारमै काठमाडौँमा पानी झार्ने सम्भावना छ । सरकारले विशेष महत्व दिएर काम गर्ने वातावरण बनाउँदा गर्न बाँकी समयमा काम सकिने आयोजनाले जनाएको छ ।

यसअघि कार्यरत इटालियन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी अहिले झण्डै ४००ले काम गर्दै आएका छन् । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।

Advertisement
Advertisement

– सञ्चिता घिमिरे /रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top