संसदमा उठे गाँजा खेतीदेखि अर्थमन्त्रीबाट हेपिएका कुरा

३० बैशाख, काठमाडौँ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा गाँजा खेती विस्तार गर्नुपर्नेदेखि अर्थमन्त्रीले सांसदहरुलाई हेपेकोसम्मका कुराहरु उठेका छन् । प्रि बजेट छलफलमा आफ्नो धारणा राख्दै सांसदहरुले गाँजा खेतीका लागि मार्ग प्रशस्त गर्नुपर्ने र अर्थमन्त्रीले सांसदहरुलाई हेपेको कुराहरु उठेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेती विस्तारका लागि मार्ग प्रशस्त गरी बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । कोरोना संकटपछि आर्थिक क्षेत्रमा ठूलो समस्या आउन सक्ने तर्फ संकेत गर्दै उहाँले किसानहरुलाई गाँजा खेतितर्फ प्रेरित गर्न यहि बजेट अधिवेशनबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

विश्वका विकसित मुलुकहरुले समेत यसलाई मान्यता दिएको अवस्थामा नेपालमा पनि यसको विस्तार गरी किसानको हात हातमा पैसा आउने बाटो खुला हुने बताए । जलविद्यूतमा जति लगानी गरेपनि सिमित व्यक्तिहरुको हातमा मात्रै पैसा पुग्ने उल्लेख गर्दै उनले भने, ‘‘मान्छे हाइड्रो पावरका कुरा गर्छन के गर्छन त्यो सिमित व्यक्तिको हातमा पैसा जाला देशमा राजस्व पनि आउला त्यो राजस्व छरिएर जाँदा गाउँमा पनि पुग्ला । तर प्रत्येक किसानको हातमा पैसा पुग्ने भनेको गाँजा खेती हो । त्यसतर्फ यहि अधिवेशनबाट केही न केही गर्न सकियो भने जुन अहिले आर्थिक स्थिति डामाडोल भयो भनेका छौँ त्यसलाइ यसले राम्रो राहत दिन्छ भन्ने मेरो विश्वास हो । यस्तो बेलाको सदुपयोग गरौँ मेरो अनुरोध छ । सामान्य ढंगले नलिन आग्रह गर्छु ।’’ कृषि क्षेत्रलाई सुधार गरी त्यसको भर पर्न नसकिए विदेशबाट फर्किने लाखौ नेपालीहरुको व्यवस्थापनमा समस्या हुन सक्ने तर्फ उनले सचेत गराए । हरेक वर्ष मल हाल्ने बेलामा मल अभाव हुने समस्यालाई सम्बोधन गरी मल खरिदमा हुने भ्रष्टाचार अन्त्य गर्न पनि उनले आग्रह गरे । हरेक समस्याले अवशर पनि ल्याउँछ भन्ने कुरा भूकम्प प्रभावित जिल्लामा निर्माण भएका विद्यालय भवनहरुले पुष्टि गरेको उल्लेख गर्दै अहिलेको समस्यालाई अवशरमा बदल्नुपर्ने बताए । सम्भावित अनुमान, आँकलनको तयारी गरी अगाडी बढ्नुको विकल्प नभएकोले तत्काल गर्न सक्ने कुरामा सरकार आत्मविश्वासका साथ अगाडी बढ्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रिबजेट ल्याउँदा अर्थमन्त्रीले सांसदहरुलाई हेपेको बताए । सधै बजेटमा धारा, पानी र ढलका कुरा गर्ने सांसदहरुलाई केही थाहा छैन भनेर प्रि बजेटमा सांसदहरुलाई अर्थमन्त्रीले हेपेको उनले बताए । विद्धान अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामा सम्भावित संकटबाट बच्न अहिले सिमित बजेट ल्याएर भोली पुरक अनुमान ल्याउन सकिने अवस्थामा पनि त्यस्तो नगरेर सांसदहरुलाई हेपेको बताए । उनले भने, ‘‘अहिले सिमित बजेट ल्याएर भोली पुरक अनुमान ल्याउँछौँ अहिले अनुमान लगाउन सक्दैनौँ भन्नुपपर्ने थियो । होइन भने हामीले केही न केही त भन्नुपर्ने होला किन नभनेको ? नआएर होइन । विद्धान अर्थमन्त्री हुनुहुन्छ । यो कित्ताले जानेको बुझेको भनेको अर्थमन्त्री हुनुहुन्छ । नआएर होइन् । भन्न नचाहेर हो । किन की सांसदहरुलाई केही पनि थाहा छैन् । धारा, पानी रढलका बारेमा सांसदहरुले कुराकानी गर्ने हुन् । यसका बारेमा लेखेर खास अर्थ छैन भनेर जानी जानीकन हेपेर नल्याइएको हो ।’’ अर्थमन्त्री र अर्थमन्त्रालयका कर्मचारीले संसारको अर्थमन्त्रलाई कोरोनाले प्रभावित गरेको विषयमा के अनुमान गरिरहेका छन् भन्ने कुरा सिद्धान्त र प्राथमिकताबाट थाहा पाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । अमेरिका, फ्रान्स र जर्मनी लगायतका मुलुकले छुट्टै प्याकेज घोषणा गरेर अगाडी बढेको अवस्थामा पनि अर्थमन्त्रीले दिएका अभिव्यक्तिहरुले जनतालाई निरास र आतंकित बनाएको उनले बताए । रोजगारी गुमाएर विदेशबाट ६ लाख मान्छे फर्किने अवस्थामा रहेपनि सरकारलाई यो विषयमा कुनै चिन्ता नभएको थापाले आरेप लगाए । ‘‘करिब ६ लाख मान्छे फर्कदैछन् ती मान्छेका बारेमा सरकारलाई चिन्ता छैन भन्ने कुरा अहिले सीमानामा हेर्न गए हुन्छ । बाहिर खाडीमा रहेका नेपालीका बारेमा प्रधानमन्त्रीले भनेका अभिव्यक्ति सुने हुन्छ’’, उनले भने ।कोरोना संक्रमण नभएपनि नेपालको अर्थतन्त्रका बारेमा उत्साहित भएर छलफल गर्ने अवस्था नरहेको उनले बताए । गत फागुनको तथ्याङ्कले नेपालको अर्थतन्त्रका विषयमा प्रष्ट पारेको उल्लेख गर्दै उनले अहिले सार्वजनिक खर्च कटौती गर्ने अवशर भएपनि सरकारले आँट गर्न नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रेखा शर्माले समस्यामा रहेका साना तथा मझौता उद्योगि र कृषकहरुका समस्या सामाधानलाई प्राथमिकता दिनुपर्ने बताइन्।  महामारीका कारण किसान र साना उद्योगीहरु मारमा परेकाले उनीहरुका समस्या समाधान गर्ने कुरा बजेटमा सुनिश्चित हुनुपर्ने उनले बताइन् । किसानहरुका उत्पादनलाई बजारीकरण, मल उत्पादन कारखाना स्थापनाका लागि सरकारले प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने उनले बताइन् । कोरोनाका कारण पर्यटन र होटल लगायत क्षेत्रको रोजगारी संकट समागन गर्नुपर्ने उल्लेख गर्दै शर्माले विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन पहल गर्न पनि आग्रह गरिन् । आफ्नो देश आउन नपाउँदा उनीहरुमा आक्रोश र निरासा बढ्ने भएकाले स्वादेश आउन चाहानेहरुको व्यवस्थापनका लागि बजेटमा प्राथमिकता दिनुपर्ने बताइन्। कतैपनि बाँझो जमिन नछोड्ने, फलफुल तरकारी खेती र पशुपालनबाट उत्पादन र रोजगारी सिर्जना हुने र बन्यजन्तुलाई आर्थिक उत्पादनसँग जोड्ने तथा रोजगारी सिर्जना हुनेगरी बजेट ल्याउन उनले माग गरिन्। महामारीसँग जुध्न स्वास्थ्य नीति र जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले नीजि क्षेत्रलाई नियमन गर्न सक्ने विषयमा कार्यक्रम आउन जरुरी रहेको बताइन् । सरकारले एक पालिकामा १५ शैयाका अस्पताल बनाउने घोषणा गतवर्ष नै गरेपनि कार्यान्जयन नभएको उल्लेख गर्दै यो वर्ष सो कार्यक्रमले प्रथामिकता दिनुपर्ने बताइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top