कोरोनाको हटस्पट उदयपुरमा मन्त्रालयले बाँड्यो आयुर्वेदिक औषधि

३० बैशाख ७७, बुधबार

३० वैशाख,विराटनगर ।
प्रदेश १ मा कोरोना भाइरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका अध्यक्ष डा. घनश्याम सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीलाई सो आयुर्वेदिक औषधि हस्तान्तरण गरेका हुन् ।

उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्कमा औषधि लगिएको डा. विशालले बताए । प्रत्येक दिन विहान खालीपेटमा तीन दिनसम्म आयुर्वेदिक औषधि खानु पर्ने अखिल नेपाल होमियोप्याथिक एशोसियनका केन्द्रिय अध्यक्ष डा. घनश्याम सुवेदीले बताए ।

नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो । आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न संभव नभएकाले स्थानीय श्रोत साधानलाई परिचालन गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले बताए ।

आयुर्वेदिक औषधि स्थानीयबासीलाई वितरण गर्नुअघि औषधिको बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधिको गुणस्तरीयता र उपयोगिताको बारेमा जानकारी लिएका थिए । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिन सम्म पुग्ने औषधि उपलब्ध गराइएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top