ललितपुरस्थित आरोग्य प्रतिष्ठान सिल

३१ बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।
प्रहरीले ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई सिल गरेको छ ।

Advertisement

आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै आएकी २५ वर्षीय नर्सलाई कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई सिल गरेको हो । लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् ।

तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो । टेस्टमा उनी पोजेटिभ देखिएपछि उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो ।

Advertisement

एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top