धुलिखेल र काठमाडौंमा गरिएको परीक्षणमा थप दुईमा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

३१ बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ ।

Advertisement

बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँके जिल्ला नेपालगन्ज–८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु–५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Advertisement

धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकारी डा. नरेन्द्र झाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काभ्रेमा पनि नमुनाहरु परीक्षणका लागि पठाउने गरेको छ ।

उनको अनुसार हालसम्म काभ्रेमा १२ सय १७ वटा पीसीआर परीक्षण गरिएकामा ६५ नमुना मात्रै काभ्रे जिल्लाको रहेको छ भने बाँकी राष्ट्रिय प्रयोगशालाले नै पठाएका स्याम्पलहरु हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top