रुपन्देही जेठ ५ गतेसम्म सिल, आवागमन पूर्णरूपमा बन्द

३१ बैशाख ७७, बुधबार

३१ बैशाख, रुपन्देही । भारतसँग सीमाना जोडिएका रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

Advertisement

भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रशासनले आवागमन पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

Advertisement

प्रशासनको उक्त निर्णय बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेछ। सिद्धार्थनगर नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी र रोहिणी गाउँपालिकामा आवागमन बन्द गरिएको हो।

यी सबै पालिकाहरू हुलाकी राजमार्गदेखि दक्षिण तर्फका हुन्। यी पालिकाका बासिन्दा जेठ ५ गते रातिसम्म घरबाट बाहिर आवतजावत गर्न पाउने छैनन्। निर्देशन उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Advertisement

त्यस्तैगरी, जिल्लाका सबै पालिकाहरूमा एक हजार क्षमताका क्वारेन्टाइन बनाउने निर्णय पनि बैठकले गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top