आजका प्रमुख खबरहरुः
१.(कहर बढ्यो)
बुधबार थप २ जनामा कोरोना संक्रमण /नेपालमा संक्रमितको संख्या २ सय १९ पुग्यो / आजै दुई जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ३५ पुग्यो /स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन सरकारको आग्रह ।
२.(कोरोनाको आँकडा)
गत २४ घण्टामा कोरोना भाइरसको ३ हजार ४९ वटा नमुना परीक्षण /८१ ह्जार ६ सय ५९ वटा परीक्षण/देशभरी १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा/२ सय ४५ जना आइसोलेसनमा ।
३.(सल्काउने भए आगो)
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित फरार / फरारहरुको खोजी कार्य जारी ।
४.(लकडाउनको ५१ औं दिन)
लकडाउनको आज ५१ औं दिन पूरा/अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालनको स्वीकृती दिएसंगै सडकमा सवारी साधनको चाप बढ्दो । भोलिबाट थप कडाईं गरिने ।
५.(पुल्चोक सिल !)
अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउण्डेसन सिल / सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश निषेध ।
६.(परिणाममुखी बनोस्)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्व प्रधानमन्त्रीहरु सहभागी /भारतले गरेको सीमा अतिक्रमण र पछिल्लो साता नेपालमा बढेको कोभिड संक्रमणबारे छलफल ।
७.(रोकियो स्थायी समिति)
आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित /भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगन ।
८.(सीमामा काँडेतार)
सीमा समस्या समाधान र कोरोना महामारी पछि आउने अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने राष्ट्रियसभाका सांसदहरुको भनाई / भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि वार्ता र नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउन माग ।
९.(तितो सत्य)
राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री, सांसद र नेताले कोरोना सारेको नेकपाका सांसद रामनारायण विडारीको आरोप /संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मनलाग्दी गरेर मोदी सरकारले हैरान पारेको उल्लेख ।
१०.(बोर्डरमा सुरक्षा)
दार्चुलाको छाङरुमा भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्र नजिकै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना /सशस्त्र प्रहरीको १२ जनाको टोली छाङरुमा /बन्दोबस्तीका सामान र बाँकी १३ जनालाई भोली पठाइने ।
११.(टुक्रिदै नागरिक उडड्यन)
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश /विधेयकपछि हवाई क्षेत्रको नियमन ‘नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्रदान ‘नेपाल हवाई सेवा प्राधिकरणले गर्ने ।
१२.(सेनाको सामान)
नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने / हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भइरहेका बेला स्थलमार्गबाट शुक्रबार सामान आइपुग्ने नेपाली सेनाको भनाई ।
१३.(उद्योग खोलेर के गर्नु ?)
लकडाउनका कारण बन्द रहेका उद्योगहरु आंशिक रुपमा सञ्चालनमा /सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण उद्योग सञ्चालन गर्न समस्या ।
१४.(दिनहुँ ओरालो)
शेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द / नेप्से परिसूचक २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द ।
र,
१५.(कोरोनाको कहर)
महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ९३ हजार बढीको मृत्यु /४३ लाख ५८ हजार बढी संक्रमित /१६ लाख ११ हजार बढी निको भएर घर फर्किए ।