×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

पाँचथरमा पनि नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलको दाबी

१ जेष्ठ २०७७

१ जेष्ठ, ताप्लेजुङ । पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो ।

गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन काम अघि बढाएको थियो । वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले उक्त स्थानलाई दशगजा भन्दै २७ गते काममा अवरोध पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताए ।

उनका अनुसार अवरोध सिर्जना भएपछि गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङसहित स्थानीय जनप्रतिनिधि, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्यस स्थानको अनुगमन गरी भारतीय सुरक्षाकर्मीसँग छलफल गरेको छ । छलफलमा पनि एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको र त्यहाँ संरचना बनाइए भत्काउने प्रतिक्रिया दिएको गाउँपालिका अध्यक्ष केरुङले टेलिफोनमा बताए । ‘त्यो भूगोल निकै अप्ठेरो खालको छ,’ उनले भने, ‘हामीले सम्पूर्ण विवरण उल्लेख गरेर जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई जानकारी गराएका छौं ।’

छलफलमा थोकुम, सन्दकपुर र जौवारी क्षेत्र हेर्ने एसएसबी इन्चार्ज रिङ्कल कुमारको टोलीले उक्त भूभाग भारतकै रहेको भन्दै भारतले जारी गरेको नयाँ नक्सा देखाएको केरुङले बताए । ‘हामीले समाधान गर्ने कुरा पनि भएन, सामर्थ्य पनि भएन, त्यही भएर पत्राचार गर्‍यौं,’ उनले भने ।

फालेलुङ गाउँपालिका–६ र इलामको सन्दकपुर गाउँपालिका–२ जोडिने उक्त क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले १० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यही बजेटबाट आहाल चौंरीपालन कबुलियती समूहले निर्माण अघि बढाएको थियो । जग खन्दै गर्दा भारतीय सुरक्षाकर्मीले काम रोक्न दबाब दिएको समूहका अध्यक्ष नरबहादुर खपाङ्गीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार यहाँ ५७र३ नम्बरको सानो तथा ५८र९ नम्बरको जंगे पिलर रहेको छ । नजिकैको ५७।४ नम्बरको सहायक पिल्लर गायब पारिएको शिल्पकुमार राई बताउँछन् । कान्तिपुरबाट साभार ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top