थप ९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५८ पुग्यो

२ जेष्ठ, काठमाडौं । शुक्रबार विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मकवानपुर र बाँके निवासी १८ देखि ३७ वर्ष उमेर समुहका पुरुषहरुमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top